- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २९ फागुन - मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–३ बरगाछी चोक क्षेत्रमा पैदल हिँडिरहेका दुई युवकलाई शंकाको आधारमा जाँच गर्दा उनीहरूको झोलाबाट ११ किलो ५२० ग्राम गाँजा बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह रहेका छन्। शुक्रबार दिउँसो करिब १ बजे उक्त स्थानमा हिँडिरहेका बेला प्रहरीले झोला जाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाएको छ।