- by समाचार कक्ष
- Mar 06, 2025
२७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्ब रुपैयाँ बराबर बजेट सीमा २५ निर्धारण गरेको छ ।
राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आज बसेको थियो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको छ ।
बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न बैठकमा प्रमुख साहले निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय समेत राजस्व परामर्श समितिले गरेको छ ।