- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखलाई नेपाल प्रहरीमा सहायक हवलदार पदमा बढुवा गरिएको छ।
नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका उनी जवान पदबाट विशेष बढुवामार्फत सहायक हवलदार बनेका हुन्। बुधबार प्रहरी प्रधान कार्यालय मा आयोजित कार्यक्रममा शिद्धीविक्रम शाह ले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीका रूपमा परिचित आरिफको यो बढुवाले खेल र सेवामुखी दुवै क्षेत्रमा उनको योगदानलाई थप मान्यता दिएको छ।