- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, चैत १३ — नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार सम्हाल्दै गम्भीर अपराधका पीडितलाई शीघ्र न्याय दिलाउने उद्देश्यसहित महत्वपूर्ण निर्णय गरेकी छन्।
उनले बलात्कार, बलात्कारपछि हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी अपराधका दोषीलाई कडा कारबाही सुनिश्चित गर्न र पीडितलाई छिटो न्याय दिलाउन विद्यमान कानुनमा रहेका अवरोध हटाउने प्रक्रिया अघि बढाउने निर्णय गरेकी हुन्।
मन्त्री गौतमका अनुसार यसका लागि अपराध संहितासहित सम्बन्धित कानुनहरूमा रहेका समस्याहरू पहिचान गर्न अध्ययन कार्यदल गठन गरिनेछ र आवश्यक संशोधन प्रक्रिया अगाडि बढाइनेछ।
उनले न्याय प्रणालीलाई प्रभावकारी र पीडितमैत्री बनाउँदै गम्भीर अपराधमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्।