Thursday, April 16, 2026

कुलमान घिसिङको संदेश: ‘जनताको मत हार होइन, सुशासन र परिवर्तनका लागि मार्गदर्शन’


काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालैको चुनावमा जनताको मत जित्न नसकेको भए पनि हारलाई प्राविधिक विषय मात्र भन्दै, देशमा सुशासन कायम गर्न सफल हुने शुभकामना दिएका छन्।

घिसिङले जनताको विश्वास र माया पार्टीका लागि ठूलो ऊर्जा र मार्गदर्शन भएको बताए। उनले भने, “छोटो समयमै जनअभिमतमार्फत प्राप्त समर्थन हाम्रो लागि महत्वपूर्ण छ। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि जनमत पाएर जनताको परिवर्तन र आर्थिक समृद्धि आकांक्षा पुरा गर्न सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु।”

उनले सरकारबाट हुने राम्रा कामको समर्थन गर्ने र गलत कार्य भएमा उज्यालो नेपाल पार्टी सडकबाट रचनात्मक खबरदारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। कुलमान घिसिङले चुनावको परिणामले निराश नबनाई, उज्यालो नेपाल निर्माणको अभियान अझ सशक्त रूपमा अघि बढाउने प्रण व्यक्त गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like