Wednesday, April 22, 2026

हारले नडगमगाउन आह्वान: नयाँ ढंगबाट अघि बढ्न माधव नेपालको सन्देश


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले पराजयपछि आत्तिन नहुने भन्दै नयाँ उत्साह र रणनीतिका साथ अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीको स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडाामा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक जीवन पनि उकालो–ओरालोको यात्रा जस्तै हुने भन्दै त्यसलाई सामान्य रूपमा बुझ्नुपर्ने धारणा राखे। उनका अनुसार जीवन, सामाजिक र राजनीतिक दुवै क्षेत्रमा उतारचढाव स्वाभाविक प्रक्रिया हो।

नेपालले कम्युनिस्ट आन्दोलनको इतिहास र यात्राबारे गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गर्दै हारपछि निराश नभई नयाँ ढंगबाट पुनः अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार पराजयसँगै आत्तिने प्रवृत्तिले सफलतामा पुग्न सकिँदैन।

उनले वडास्तरदेखि नै पार्टीले कमजोरीहरू सुधार्दै ‘धुलो टकटक्याएर’ अघि बढ्नुपर्ने बताए। यसो गर्न सके मात्र भविष्यमा नयाँ सफलता हासिल गर्न सकिने उनको भनाइ थियो।

साथै उनले विश्व राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै साम्राज्यवादले अहिले विश्वभर विभिन्न संकट सिर्जना गरिरहेको दाबी पनि गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like