- by समाचार कक्ष
- Mar 06, 2025
बुटवल । पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएको घटनामा थप दुई चिकित्सक प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका डा सतिष रुपाखेतीलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तव का अनुसार दुवै चिकित्सक आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए। मृतकका पति प्रकाश पाण्डेले आर्थिक स्वार्थका कारण गम्भीर लापरबाही भएको आरोप लगाउँदै यी चिकित्सकसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
उक्त घटनामा जोनल फार्मेसीकी सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारबाहीको माग गरिएको छ। प्रहरीका अनुसार यी तीन जनालाई मंगलबार नै पक्राउ गरिसकिएको छ।
घटनापछि आक्रोशित आफन्तहरूले उपचारमा संलग्न तीन स्वास्थ्य संस्थामा तालाबन्दीसमेत गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।