एक सातादेखि राष्ट्रिय परिचयपत्र प्रणाली अवरुद्ध, सेवाग्राहीलाई सास्ती
-
By
समाचार कक्ष
-
May Mon, 2026
-
in
समाचार
काठमाडौँ - राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण सेवाग्राहीहरू एक सातादेखि समस्या भोगिरहेका छन्।
गत वैशाख २१ गतेदेखि प्रणालीमा देखिएको खराबी अझै समाधान हुन नसक्दा विभिन्न सेवा अवरुद्ध भएका छन् र सेवाग्राहीहरू मारमा परेका छन्।
नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालका अनुसार समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको छ। उनले प्रणालीलाई यथाशीघ्र सामान्य अवस्थामा ल्याउने प्रयास जारी रहेको बताए।
प्रणाली अवरुद्ध हुँदा विवरण सच्याउने, जन्म दर्ता, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने, सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा हुने बायोमेट्रिक प्रमाणीकरणलगायतका सेवा प्रभावित भएका छन्।
सेवा अवरुद्ध भएपछि नागरिकहरू दैनिक कामकाजका लागि हैरानीमा परेका छन् भने कार्यालयहरूमा चाप बढेको छ।