- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाहको प्रधानमन्त्रीका रूपमा हुने शपथ ग्रहण समारोहको सम्पूर्ण व्यवस्थापन मिलाइदिन मुख्य सचिवसँग अनुरोध गरेको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्र लेख्दै शपथ ग्रहण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन्।
आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन भइरहेको छ भने भोलि चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय गरिएको छ।
शीतल निवासमा मध्याह्न १२:३४ बजे हुने उक्त समारोहलाई विशेष रूपमा भव्य बनाउने तयारी गरिएको छ। कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम रहेको छ।
शपथ ग्रहणपछि बालेन शाहले दिउँसो करिब २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।