Thursday, April 16, 2026

बालेन मन्त्रिपरिषद्‌मा वरीयता विवाद : स्वर्णिमपछि गृहमन्त्री सुधन तेस्रो स्थानमा


काठमाडौं, चैत १३ - रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गृहमन्त्री गुरुङलाई वरीयतामा राखिएको हो। सामान्यतया मन्त्री पदमा अघिल्लो अनुभवका आधारमा वरीयता निर्धारण गरिने प्रचलन रहेको भए पनि यस पटकको वरीयताले केही चर्चा पैदा गरेको छ।

वरीयता सूचीअनुसार गुरुङपछि परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल र स्वास्थ्य मन्त्री निशा मेहताको स्थान रहेको छ।

त्यसैगरी सञ्चारमन्त्री विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दीपक साह र महिला, बालबालिका मन्त्री सीता वादीलाई पछिल्ला वरीयतामा राखिएको छ।

मन्त्रिपरिषद्‌को वरीयता निर्धारणले सरकारभित्रको भूमिकासँगै राजनीतिक सन्देशसमेत दिने भएकाले यसप्रति चासो बढेको देखिन्छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like