- by समाचार कक्ष
- Mar 06, 2025
६ माघ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराएका छन् । उनी दमक नगरपालिका-८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
समर्थकहरूको उल्लेखनीय सहभागिता र बाजागाजासहित शाह निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बाटोभरि विभिन्न स्थानमा कलससहित उनलाई भव्य स्वागत गरिएको थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह सक्रिय राजनीतिक यात्रामा अघि बढेका हुन् ।