Wednesday, April 22, 2026

अमेरिकी उच्च कूटनीतिज्ञको नेपाल भ्रमण सकियो: साझेदारी र लगानी विस्तारमा जोड


९ वैशाख, काठमाडौं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर को नेपाल भ्रमण सम्पन्न भएको छ। भ्रमणका क्रममा उनले नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने र आर्थिक सहकार्य विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल गरेका छन्।

काठमाडौं आगमनपछि कपुरले विभिन्न राजनीतिक तथा सरकारी नेतृत्वसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध मजबुत बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा विचार आदान–प्रदान गरेका थिए। यस क्रममा उनले रवि लामिछाने, शिशिर खनालस्वर्णिम वाग्ले सँग छुट्टाछुट्टै भेट गरेका थिए।

त्यस्तै, अमेरिकामा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि तयार भइरहेको नेपाली प्रतिनिधिमण्डलसँग पनि उनले छलफल गर्दै अमेरिकी लगानीका अवसरबारे कुराकानी गरेका थिए। निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले विशेषगरी नेपालमा तीव्र रूपमा विकास भइरहेको प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाबारे चासो व्यक्त गरेका थिए।

भ्रमणका क्रममा कपुरले नेपालको सांस्कृतिक सम्पदाको अवलोकनसमेत गरेका छन्। उनले बौद्धनाथ स्तूपपाटन दरबार स्क्वायर को भ्रमण गरेका थिए। यी सम्पदाको संरक्षणमा अमेरिकाले ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’मार्फत सहयोग गर्दै आएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like