- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - सरकारले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा घोषणा गर्ने निर्णय गरेको हो।
मतदानमा नागरिकहरूको व्यापक सहभागिता सुनिश्चित गर्नका लागि निर्वाचन आयोग ले सरकारसमक्ष तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले उक्त निर्णय गरेको बताइएको छ।
सरकारको यस कदमले मतदातालाई सहज रूपमा मतदान प्रक्रियामा सहभागी हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।