मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
संस्कृति र परम्परा

कीर्तिपुरको आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला

M
Mero Nepal TV
11 घण्टा अगाडि
11
0
कीर्तिपुरको आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला
सारांश

काठमाडौंको दक्षिणी भेगमा रहेको कीर्तिपुर नगरपालिका–६ स्थित आदिनाथ मन्दिरमा एक महिने मेला सञ्चालन हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक...

काठमाडौंको दक्षिणी भेगमा रहेको कीर्तिपुर नगरपालिका–६ स्थित आदिनाथ मन्दिरमा एक महिने मेला सञ्चालन हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने यो मेला यस वर्ष कात्तिक ९ गतेदेखि सुरु हुनेछ।

मेलाको तयारीस्वरूप मन्दिर परिसर र आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ। मेला व्यवस्थापन समितिको आयोजना तथा स्थानीय संघसंस्थाको समन्वयमा मन्दिरको सरसफाइ र अन्य तयारीका काम अघि बढाइएको हो। मेलालाई लक्षित गरी मन्दिरलाई सजाएर आकर्षक बनाइएको छ।

मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्किने मूर्ति रहेकाले यसलाई आदिनाथ तथा अर्धनारीश्वरका रूपमा पनि चिनिन्छ। हिन्दु र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने यस मन्दिरमा हिन्दुहरूले शिवशक्तिको प्रतीकका रूपमा तथा बौद्ध अनुयायीहरूले लोकेश्वर र करुणाका प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।

परिवारमा सुख–समृद्धि प्राप्त हुने तथा भय, रोग र विघ्नबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ भक्तजनहरू मेलामा सहभागी हुने गर्छन्। यस वर्ष करिब दुई लाख भक्तजनले मेला अवलोकन तथा दर्शन गर्ने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार