मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

भाकल पूरा गर्न भारत जाँदैछु, राजनीतिक रूपमा नबुझ्नुहोला : रवि लामिछाने

M
Mero Nepal TV
11 घण्टा अगाडि
73
3
भाकल पूरा गर्न भारत जाँदैछु, राजनीतिक रूपमा नबुझ्नुहोला : रवि लामिछाने
सारांश

६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्नी निकिता लामिछानेसहितको भारत भ्रमण व्यक्तिगत र धार्मिक उद्द...

६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्नी निकिता लामिछानेसहितको भारत भ्रमण व्यक्तिगत र धार्मिक उद्देश्यका लागि रहेको स्पष्ट पारेका छन्। उनले भ्रमणलाई राजनीतिक विषयसँग जोडेर अनावश्यक बहस नगर्न आग्रह गरेका छन्।

तीनदिने भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका लामिछानेले आफू कुनै राजनीतिक भेटघाटका लागि नगएको बताएका छन्। उनले व्यक्तिगत जीवन र राजनीतिक गतिविधिलाई अलग रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै भ्रमणबारे राजनीतिक अड्कलबाजी नगर्न अनुरोध गरेका हुन्।

‘कुनै राजनीतिक भेटघाट छैन। कसैले पनि राजनीतिक खिचडी नपकाउनुहोला,’ लामिछानेले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण हो। कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ।’

लामिछाने शुक्रबार बिहान काठमाडौंँबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए। त्यहाँबाट कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेपछि उनी भारततर्फ लागेका हुन्।

उनका अनुसार कारागारमा रहँदा भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम जाने भाकल गरेका थिए। त्यही भाकल पूरा गर्न परिवारसहित भारत जान लागेको उनले बताए।

धार्मिक आस्था, विश्वास र पारिवारिक संस्कारसँग जोडिएको यो भ्रमणमा लामिछाने परिवारले उत्तराखण्डको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

लामिछानेले यसअघि नै भारत जाने योजना बनाएको उल्लेख गर्दै अहिलेको भ्रमणलाई राजनीतिक गतिविधिसँग नजोडिदिन आग्रह गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार