Tuesday, September 1, 2026

रवि लामिछानेको आह्वान– ‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुनर्निर्माणमा जुटौँ’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विपद्का बेला दलगत पहिचानभन्दा माथि उठेर राहत, उद्धार र पुनर्निर्माणमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेका छन्।

सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुवात गर्दै लामिछानेले राहत तथा उद्धारका काममा दलगत पहिचान निषेध गर्नुपर्ने बताएका हुन्।

‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुनर्निर्माणमा सबै राजनीतिक दलमा लागौँ,’ लामिछानेले भने।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत विभिन्न दलका नेताहरू सहभागी छन्।

लामिछानेले विपद्को समयमा सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोगका लागि पनि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like