- by समाचार कक्ष
- Mar 06, 2025
नेपालमा भने पुस्तकालयको इतिहास लामो छ। नेपालमा व्यवस्थित पुस्तकालयको विकास राणा शासनको अन्त्यतिर तथा त्यसपछि तीव्र भएको मानिन्छ। वि.सं. १९६५ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले स्थापना गरेको वीर पुस्तकालयलाई नेपालको प्रारम्भिक सार्वजनिक पुस्तकालयमध्ये एक मानिन्छ। त्यसपछि काठमाडौंमा पुस्तकालय पर्वजस्ता अभियानले पनि पुस्तकालय र पठन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेले।
विश्वस्तरमा पुस्तकालयको विकाससँगै IFLA (International Federation of Library Associations and Institutions) जस्ता संस्थाले पुस्तकालयको भूमिका, ज्ञानमा समान पहुँच र सूचनाको अधिकारलाई प्रवर्द्धन गर्दै आएका छन्। पछिल्लो समय पुस्तकालयहरू परम्परागत किताब राख्ने स्थान मात्र नभई डिजिटल सूचना, अनुसन्धान, शिक्षा र सामुदायिक सिकाइका केन्द्रका रूपमा विकसित भएका छन्।