Monday, March 2, 2026

४४ औं राष्ट्रिय मगर एकता दिवस: पाल्पा र स्याङ्जाका अधिकांश स्थानीय तहमा सार्वजनिक बिदा


१५ फागुन - ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पा र स्याङ्जा जिल्लाका धेरै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।

पाल्पामा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले बिदा घोषणा गरेका छन्। मथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रम्भा, रिब्दीकोट, र रैनादेवी छहरा गाउँपालिका साथै रामपुर र तानसेन नगरपालिकाले बिदा दिएका छन्। यी पालिकामा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघसंस्थाहरू अत्यावश्यक सेवा बाहेक बन्द रहने जानकारी दिइएको छ।

त्यस्तै, स्याङ्जा जिल्लाका ८ स्थानीय तह-वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका र कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिका-ले आज सार्वजनिक बिदा दिएका छन्। स्याङ्जाको ११ स्थानीय तहमध्ये अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने बिदा घोषणा गरेका छैनन्।

मगर समुदायको बाहुल्यता रहेको यी जिल्लाहरूमा दिवसको अवसरमा पालिका, वडा र टोलटोलमा सांस्कृतिक झाँकी प्रदर्शन, कार्यक्रम र मौलिक सांस्कृतिक गतिविधिहरू आयोजना भइरहेका छन्।

सार्वजनिक बिदाको दिन वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयहरू बन्द रहनेछ। यसले समुदायलाई मगर एकता दिवसको महत्व अनुभव गर्ने अवसर दिने विश्वास गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like