- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १५ साउन — प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग समसामयिक परिस्थितिबारे छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाको समाधान र त्यसका लागि अपनाउनुपर्ने उपायबारे विचारविमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत मधेश केन्द्रित राजनीतिक दलका नेताहरू सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मधेशका विभिन्न जिल्लामा देखिएको पछिल्लो अवस्था, शान्ति–सुरक्षा तथा तनाव समाधानका लागि आवश्यक पहलका विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।