Monday, March 2, 2026

काठमाडौँमा सार्वजनिक स्थानमा होली खेल्न निषेध, निर्वाचन सुरक्षालाई मध्यनजर गरेर घरमै पर्व मनाउन आग्रह


काठमाडौं - फागुन १८ मा मनाइँदै गरेको होली पर्वको अवसरमा काठमाडौँमा सार्वजनिक ठाउँ र खुला सडकमा होली खेल्न प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) सम्बन्धी सूचना जारी गर्दै निर्वाचन सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरेको जनाएको छ। यस वर्षको होली फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित सुरक्षा कारणले विशेष रूपमा घरको कम्पाउन्डमा मात्रै खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

यसअघि जिल्लाले ठमेल, दरबारमार्ग, वसन्तपुर जस्ता सार्वजनिक स्थानमा साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने गरेको थियो। तर यस वर्ष सार्वजनिक मञ्चमा कार्यक्रम गर्न रोक लगाइएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, होली खेल्दा मादक पदार्थको सेवन, बिक्री–वितरणराजनीतिक दलका चुनाव चिन्ह वा उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा जस्ता कपडा प्रयोगमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासनले नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउन घरमै र सुरक्षित तरिकाले होली खेल्न ध्यान दिन अनुरोध गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like