Monday, March 2, 2026

फागुन २१ को चुनावमा नेकपाको कडा निर्देशन : मतदाता सिकाउनेदेखि मतगणनासम्म मतपेटिका नछाड्न परिपत्र


काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनलाई केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना मातहतका सबै कमिटीहरूलाई विशेष परिपत्र जारी गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल ले संयुक्त रूपमा उक्त परिपत्र पठाएका हुन्।

नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले परिपत्र मतदान प्रक्रियामा केन्द्रित रहेको जानकारी दिए। उनका अनुसार, मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने, केन्द्रमा पुगेपछि सहज र सही तरिकाले मतदान गर्न सिकाउने तथा मतदान प्रक्रिया प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

यसका साथै बुथ सुरक्षादेखि मतपेटिकाको संरक्षणसम्मका विषयमा पनि स्पष्ट निर्देशन दिइएको छ। परिपत्रमा उम्मेदवार तथा दलका प्रतिनिधिहरू मतपेटिकासँगै रहने र मतगणना सम्पन्न नभएसम्म मतपेटिका नछाड्ने व्यवस्था उल्लेख गरिएको छ।

नेतृत्वले कार्यकर्तालाई पार्टीको चुनाव चिन्ह ‘तारा’बारे मतदातालाई स्पष्ट र प्रभावकारी रूपमा जानकारी गराउन पनि निर्देशन दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like