- by समाचार कक्ष
- Mar 06, 2025
घिउ निर्यातका लागि डीडीसीले निजी क्षेत्रको ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्रालि’सँग सम्झौता गरेको छ । सम्झौताअनुसार वार्षिक ५० हजार किलो अर्थात् ५० टन घिउ दुबईलगायत मध्यपूर्वका बजारमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।
डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार हाल उत्पादन क्षमता सीमित भएकाले पहिलो वर्ष ५० टन निर्यात गर्ने सम्झौता गरिएको हो । उत्पादन बढ्दै गएपछि निर्यातको मात्रा पनि विस्तार गरिनेछ ।
मध्यपूर्वपछि जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म बजार विस्तार गर्ने डीडीसीको तयारी छ । आगामी कात्तिकदेखि ती बजारमा समेत घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ ।
नेपाली दुग्धजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न थालेसँगै यसले नेपाली उत्पादनको बजार विस्तार गर्नुका साथै देशको दुग्ध क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।